त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी, चालकले नै आगो लगाएको प्रहरी दाबी

डिसी नेपाल
५ असोज २०८३ १२:४१

काठमाडौं।  काठमाडौंको त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको एक बसमा आगलागी भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेका अनुसार बसका चालकले आफैं आगो लगाएका हुन्।

आगलागीमा परेर चालक घाइते भएका छन्। उनलाई उपचारका लागि तत्काल कीर्तिपुरस्थित वर्न अस्पताल पठाइएको एसएसपी घिमिरेले जानकारी दिए।

चालकले के-कति कारणले बसमा आगो लगाउन खोजेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आगलागी भएको बसको पूर्ण विवरण र चालकको पहिचान खुल्न बाँकी रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *