राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहद्वारा प्रमुख प्रतिपक्षी दलसँग छलफल

डिसी नेपाल
५ असोज २०८३ १४:१२

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूसँग परामर्श गरेका  छन्।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटवार्तामा महासभामा उठाइने प्रमुख एजेन्डा र राष्ट्रिय हितका विषयमा छलफल भएको छ।

राष्ट्रसंघीय महासभामा नेपालको सहभागिता र प्रस्तुत गरिने विषयबारे साझा धारणा बनाउन प्रधानमन्त्री शाहले प्रतिपक्षी दलका नेताहरूलाई छलफलका लागि बोलाएउका थिए।

भेटवार्तामा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र   संसदीय दलका नेता भीष्मराज आङ्देम्बे सहभागी थिए। प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन मंगलबार अपराह्न अमेरिकातर्फ प्रस्थान गर्ने कार्यतालिका रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *