अन्नपूर्ण स्पाइकर किङ्ग्सको ऐतिहासिक ट्रफी टुर: आधार शिविरमा मनाइयो जितको उत्सव
काठमाडाैं। नेपाल भलिबल लिग च्याम्पियन अन्नपूर्ण स्पाइकर किङ्ग्सले आफ्नो विजयी उत्सवलाई खास बनाउँदै च्याम्पियन ट्रफी अन्नपूर्ण आधार शिविर (एबीसी) सम्म पुर्याएको छ।
‘एक्स्ट्रिम इनर्जी ड्रिंक’को मुख्य सहकार्यमा आयोजित ‘एक्स्ट्रिम गौरवको यात्रा’ ट्रफी टुर सफलताका साथ सम्पन्न भएको हो।
नेपाली खेलकुद र भलिबल टोलीको ऐतिहासिक सफलतालाई समर्थकहरूसँग उत्सवका रूपमा मनाउन र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो यात्रा आयोजना गरिएको थियो।
च्याम्पियनको गौरवलाई समुद्री सतहदेखि उच्च उचाइमा रहेको अन्नपूर्ण आधार शिविरसम्म पुर्याएर खेलाडी तथा समर्थकहरूको उत्साहलाई थप उचाइ दिइएको आयोजकले जनाएको छ।



No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment