टीसीएलले ल्यायो ‘दसैं-तिहार’ विशेष उपहार योजना: १ लाख ४२ हजारसम्म क्यासब्याक र आकर्षक उपहार
काठमाडौं। नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले विशेष उत्सव योजना ‘सेलिब्रेट दसैँ एन्ड तिहार’ सार्वजनिक गरेको छ। ‘
ग्रेट मोमेन्ट्स, मेगा क्यासब्याक एन्ड गिफ्ट्स!’ भन्ने मूल सन्देशका साथ ल्याइएको यस योजनाअन्तर्गत ग्राहकले टीसीएलका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरूको खरिदमा आकर्षक क्यासब्याक, उपहार तथा सहज किस्ताबन्दी सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ।
यस योजनाअन्तर्गत टीसीएलका ८५ र ९८ इन्चका टेलिभिजन खरिद गर्दा टीसीएल S55H साउन्डबार, वाशिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल म्याटिक र रेफ्रिजरेटर खरिदमा सीजी इन्डक्सन कुकटप निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ। साथै, एयर कन्डिसनर (एस) खरिद गर्ने ग्राहकलाई निःशुल्क इन्स्टलेसन सुविधा उपलब्ध गराइएको छ।
यसका अतिरिक्त ग्राहकले १ लाख ४२ हजार ५०० रुपैयाँसम्मको क्यासब्याकका साथै शून्य प्रतिशत ब्याजदरमा सहज EMI (किस्ताबन्दी) सुविधासमेत प्राप्त गर्न सक्नेछन्।
नवीनतम प्रविधि र आधुनिक डिजाइनयुक्त QD-Mini LED ९८ इन्चसम्मका ठूला टेलिभिजन, रेफ्रिजरेटर, वाशिङ मेसिन, एसि, वाटर डिस्पेन्सर लगायतका उपकरणहरूमा यो योजना लागू गरिएको छ।
नेपालका लागि टीसीएलको आधिकारिक वितरक चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले नेपालभर रहेका आफ्ना डिलर नेटवर्क, सोरुम तथा सीजी डिजिटल प्लेटफर्ममार्फत यी उत्पादनहरू बिक्री-वितरण गर्दै आइरहेको बताएको छ। यो विशेष उत्सव योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको कम्पनीले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment