आजको राशिफल: कुन राशिलाई छ धनलाभको योग, कसले हुनुपर्छ सचेत?
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन शुभ रहनेछ। रोकिएका तथा सोचेका कामहरू सहजै बन्नेछन्। स्वास्थ्यमा केही समस्या भए सुधारका संकेत देखिनेछन्। राजनीतिमा भने केही घेराबन्दी वा चुनौतीको सामना गर्नुपर्ने हुनसक्छ। धार्मिक कार्यमा सहभागी भई दिनको सुरुवात गर्दा मनमा शान्ति मिल्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वू, वे, वो)
आजको दिन लाभदायक छ। गुम्न लागेको वा रोकिएको सम्पत्ति फिर्ता हुने योग छ। शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा गरिएको लगानीले राम्रो प्रतिफल दिनेछ। राजनीतिमा प्रगति हुनुका साथै धार्मिक वा तीर्थयात्राको अवसर प्राप्त हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजको दिन सामान्य रहनेछ। बोलीका कारण आफन्तहरूसँग दूरी बढ्न सक्ने भएकाले संयम अपनाउनुहोला। स्वास्थ्यमा केही समस्या देखिन सक्छ। वैदेशिक क्षेत्रको लगानीमा घाटा हुने सम्भावना छ। साथै, परिवारभित्रैबाट पनि विरोधको सामना गर्नुपर्ने हुनसक्छ।
कर्कट (ही, हू, हे, हो, डा, डि, डु, डे, डो)
दिन शुभ छ। व्यापार-व्यवसायमा राम्रो नाफा कमाउन सकिनेछ भने लगानीका क्षेत्रहरू सबल देखिन्छन्। दाजुभाइसँगको सहकार्यले विशेष फाइदा पुर्याउनेछ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा लगानी गर्न हिम्मत जुटाउनुहोला। धार्मिक कार्यमा सहभागी हुनु श्रेयस्कर हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन सकारात्मक रहनेछ। भविष्यका लागि राम्रा योजनाहरू बन्नेछन् भने पुराना साथीभाइसँग सुखद भेटघाट हुनेछ। स्वास्थ्य र शिक्षाका क्षेत्रमा गरिएका प्रयासहरू सफल हुनेछन्। गुरुजनको आशीर्वाद लिएर अघि बढ्दा कार्यसिद्धि हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज मन प्रसन्न र शान्त रहनेछ। समाजमा मान-सम्मान प्राप्त हुने योग छ। अध्ययन-अध्यापन तथा पठनपाठनमा रुचि बढ्नेछ। हरेक कार्यमा परिवारको पूर्ण साथ र सहयोग मिल्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिन सामान्य रहेकाले बोल्दा विशेष विचार पुर्याउनुहोला। अनावश्यक खर्च बढ्ने जोखिम छ। प्रतिस्पर्धी वा विपक्षीहरूसँग सचेत रहनुपर्ने समय छ। बोलीको गलत अर्थ लाग्दा आफन्तहरू टाढिन सक्छन् भने गुरुजनबाट अपेक्षित सहयोग पाउन कठिन होला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिन शुभ र फलदायी छ। सोचेका कामहरू समयमै सम्पन्न हुनेछन्। आफ्ना काम र क्षमताको समीक्षा गर्ने उपयुक्त दिन छ। शिक्षाको क्षेत्रमा अझ बढी मिहिनेत गर्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ भने काममा उत्साह थपिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आजको दिन अत्यन्तै राम्रो छ। रोकिएका कार्यहरू पूरा हुनेछन्। स्वास्थ्यमा सुधार आउनेछ भने शिक्षा र रोजगारीका क्षेत्रमा प्रगति हुनेछ। परिवारको राम्रो सहयोग मिल्नुका साथै आफ्नै श्रम र मिहिनेतको उचित मूल्यांकन तथा फल प्राप्त हुनेछ।
मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)
सोचेका कामहरू सहजै बन्ने अनुकूल दिन छ। व्यापार-व्यवसायमा राम्रो फाइदा हुनेछ। नौकरीमा रहनुभएकाहरूलाई पदोन्नति वा प्रशंसा मिल्ने योग छ। सरकारी वा राज्य पक्षबाट हुनुपर्ने महत्त्वपूर्ण कामहरू बन्नेछन्। शिक्षामा भने थप मिहिनेतको आवश्यकता छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
दिन केही सामान्य रहनेछ। सञ्चित धन खर्च हुने सम्भावना रहेकाले बजेटमा ध्यान दिनुहोला। अनावश्यक वा अर्थहीन यात्राको जोखिम छ। धार्मिक कार्यमा सहभागी हुनाले मनमा शान्ति मिल्नेछ। कुनै पनि नयाँ निर्णय लिनुअघि परिवारको सल्लाह लिनु उत्तम हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
दिन शुभ छ। बोलीको प्रभावका कारण बिग्रिन लागेका कामहरू पनि बन्नेछन्। मन शान्त रहनेछ। धार्मिक अनुष्ठान वा कार्यबाट दिनको सुरुवात गर्नुहोला। कठिन परिस्थिति वा संकटका बीच पनि प्रेम सम्बन्ध सुमधुर रहनेछ। सफलताका लागि हरेक क्षेत्रमा मिहिनेत भने आवश्यक पर्नेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment