सुनको मूल्यमा वृद्धि: छापावाल सुन तोलाको ३ लाख २ हजार ३०० र चाँदी ४,८१५ रुपैयाँ पुग्यो

डिसी नेपाल
७ असोज २०८३ १०:५७

काठमाडौं। नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ।

मूल्य वृद्धिसँगै बुधबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुनको मूल्य १ हजार ७०० रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँ कायम भएको थियो।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ८१५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *