फोहोरमैला व्यवस्थापन विधेयक संसद्मा पेस, चक्रीय अर्थतन्त्र र तीनै तहको भूमिका स्पष्ट पारिने
काठमाडौं। सहरी पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रतिनिधिसभामा पेस गरेका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विधेयक प्रस्तुत गर्दै मन्त्री लम्सालले फोहोरमैलाको उत्खनन, संकलन, प्रशोधन तथा विसर्जनमा संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्र र जिम्मेवारीलाई स्पष्ट पार्न नयाँ कानुनी व्यवस्था ल्याइएको बताए।
विधेयकले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय कायम गर्दै फोहोरमैलाको दिगो र समुचित व्यवस्थापन गर्ने लक्ष्य राखेको छ। फोहोरमैला व्यवस्थापनमार्फत स्वच्छ तथा स्वस्थ वातावरण निर्माण गर्ने र यसबाट मानव स्वास्थ्य एवं पर्यावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्ने विषयलाई विधेयकमा विशेष प्राथमिकता दिइएको छ।
साथै, आधुनिक चक्रीय अर्थतन्त्रको अवधारणाअनुरूप फोहोरलाई केवल फाल्ने वस्तुका रूपमा नहेरी प्रशोधनमार्फत पुनः प्रयोग र स्रोत सामग्रीका रूपमा रूपान्तरण गर्ने कानुनी आधार तयार गर्न विधेयक ल्याउनुपरेको मन्त्री लम्सालले स्पष्ट पारे।
विधेयक पारित भएसँगै मुलुकभर फोहोरमैला व्यवस्थापनको एकीकृत र प्रभावकारी प्रणाली विकास हुने विश्वास लिइएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment