मधेश प्रदेश सरकारद्वारा प्रहरीलाई ३५ वटा मोटरसाइकल हस्तान्तरण

डिसी नेपाल
७ असोज २०८३ १६:२२

जनकपुर । मधेश प्रदेश सरकारले प्रदेशभित्रका प्रहरी युनिटहरूको कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल प्रहरीलाई ३५ थान मोटरसाइकल प्रदान गरेको छ।

शान्तिसुरक्षा कायम गर्न, विपद् व्यवस्थापन र नागरिकसम्म प्रहरीको पहुँच सहज बनाउन गृह, सञ्चार तथा कानुन मन्त्रालयले बुधबार ती मोटरसाइकलहरू हस्तान्तरण गरेको हो।

कार्यक्रममा गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले नेपाल प्रहरी मधेश प्रदेश कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीलाई मोटरसाइकलको चाबी र ब्लुबुक हस्तान्तरण गरे।

विपद्को उच्च जोखिममा रहेको मधेश प्रदेशमा बढ्दो अपराध नियन्त्रण र द्रुत प्रहरी परिचालनका लागि सवारीसाधन उपलब्ध गराइएको मन्त्री महतोले बताए। सवारीसाधन प्राप्त गरेपछि डीआईजी अधिकारीले प्रदेश सरकारको सहयोगले प्रहरी परिचालनमा थप ऊर्जा पुग्ने उल्लेख गर्दै अपराध नियन्त्रणमा प्रहरी अझ कडा रूपमा प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गरे।

यसअघि पनि मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई १२ थान महिन्द्रा पिकअप भ्यान प्रदान गरिसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *