पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध

डिसी नेपाल
८ असोज २०८३ १५:१४

ललितपुर । ललितपुरको बागमती गाउँपालिका–३ स्थित काल्चेमाल्टामा पहिरो खसेपछि कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भट्टेडाँडाबाट करिब ५ किलोमिटर अगाडि ठूलो पहिरो खस्दा सडक यातायात ठप्प भएको हो। पहिरोका कारण सो मार्ग भएर चल्ने सवारी साधनहरू बीच बाटोमै रोकिएका छन्।

अहिले सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउने र राजमार्ग सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले सो बाटो भएर यात्रा गर्ने चालक तथा यात्रुहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न वा पहिरो नहटुञ्जेल धैर्य गर्न आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *