आज राति पृथ्वी राजमार्गमा सम्पूर्ण सवारी आवागमन बन्द

डिसी नेपाल
८ असोज २०८३ १५:१९

धादिङ। आज राति पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द गरिने भएको छ।

धादिङ प्रमुख प्रशासन कार्यालयले सूचना जारी गर्दै आज बेलुकी ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमनमा पूर्ण रोक लगाइएको हो।

सूचनामा भनिएको छ- ‘हाल मौसममा आएको परिवर्तनका कारण धादिङ जिल्ला र आसपासका क्षेत्रमा हाल निरन्तर वर्षा भईरहेको र आगामी केही दिनसम्म भारी देखि अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको भनी नेपाल मौसम विज्ञान विभागद्वारा समेत सूचना जारी भएको तथा यसबाट बाढी, पहिरो, डुबान लगायतका विपद्जन्य जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न मिति २०८३/०६/०८ गते बेलुका ८:०० बजेदेखि मिति २०८३/०६/०९ गते बिहान ५:०० बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पुर्ण सवारी साधनको आवागमनमा पूर्ण रूपमा रोक लगाईएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

प्रशासनले यात्रु तथा चालकलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न, जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायले जारी गर्ने सुरक्षा निर्देशनको पूर्ण पालना गर्न समेत अनुरोध गरेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *