श्रीलंकालाई हराउँदै नेपाली महिला कबड्डी टोली सेमिफाइनलमा

डिसी नेपाल
८ असोज २०८३ १५:३९

काठमाडौं। जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपालले श्रीलंकालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।

विहीबार सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ३४-२५ ले पराजित गरेको थियो।

श्रीलंकाविरुद्धको जितसँगै नेपालले कम्तीमा कांस्य पदक पक्का गरेको छ। नेपाल अब प्रतियोगिताको सेमिफाइनलमा खेल्नेछ। नेपालले यसअघि चाइनिज ताइपेइसँग हार बेहोरेको थियो भने थाइल्याण्डलाई पराजित गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *