होण्डाको चाडपर्व अफर: नयाँ कार खरिदमा १० लाखसम्म छुट, निःशुल्क बीमा र १ वर्षको सडक कर मिनाहा

डिसी नेपाल
९ असोज २०८३ १३:१५

काठमाडौं। नेपालीहरूको महान् चाड बडादसैँ, तिहार तथा छठ पर्वको शुभ अवसर पारेर होण्डा कारको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. ले ‘FESTIVE OFFER HONDA को सफर’ नामक विशेष र आकर्षक अफर सार्वजनिक गरेको छ।

चाडपर्वलाई अझ खुसीयालीपूर्ण बनाउने उद्देश्यका साथ ल्याइएको यस योजनाअन्तर्गत ग्राहकले नयाँ होण्डा कार खरिद गर्दा १० लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन्।

अफरअन्तर्गत थप सुविधाका रूपमा नयाँ कार खरिदमा १ आर्थिक वर्षका लागि सडक कर र १ आर्थिक वर्षकै लागि पूर्ण बीमा निःशुल्क उपलब्ध गराइएको छ। साथै, गाडी खरिदपछिको अनुभवलाई झन्झटमुक्त बनाउन कम्पनीले ५ वर्षसम्म निःशुल्क सर्भिसिङ र १ वर्षका लागि निःशुल्क सडक सहायता (Roadside Assistance) को समेत व्यवस्था गरेको छ।

पुराना गाडी साटेर नयाँ कार लिन चाहने ग्राहकका लागि अन-द-स्पट एक्सचेन्ज सुविधाका साथै आकर्षक एक्सचेन्ज बोनस प्रदान गरिने कम्पनीले जनाएको छ। नयाँ गाडी खरिदलाई आर्थिक रूपमा सहज बनाउन स्याकार हायर पर्चेज र एनआईसी एसिया बैंकसँगको सहकार्यमा कम ब्याजदरमा सरल फाइनान्सिङको सुविधासमेत समेटिएको छ।

“Drive a Brighter Tomorrow” भन्ने नाराका साथ ल्याइएको यो योजना सेप्टेम्बर २५, २०२६ (इन्द्रजात्राको दिन) देखि सुरु भई नोभेम्बर १६, २०२६ (छठ पूजाको दिन) सम्म देशभरका सबै होण्डा शोरुमहरूमा लागू हुनेछ। ग्राहकले होण्डाका क्रेटा टक्करका एलिभेट, सिटी, सिटी ई:एचइभी तथा सिआर-भीजस्ता मोडलहरूमा यी सुविधाहरू प्राप्त गर्न सक्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *