गुल्मीमा रातिमा अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक

डिसी नेपाल
९ असोज २०८३ १७:२६

गुल्मी। मौसममा आएको परिवर्तनसँगै वर्षा भइरहेको र आगामी केही दिनसम्म मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित भारी वर्षा हुने सम्भावना रहेकाले गुल्मीमा रातिको समयमा अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज असोज ९ गतेदेखि असोज १२ गतेसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक कामबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।

भारी वर्षाका कारण बाढी तथा पहिरोले सडकखण्ड अवरुद्ध हुन सक्ने र मानवीय क्षति हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।

साथै, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन प्रशासनले जिल्लावासीलाई अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *