यस वर्षको सरु संगीत राष्ट्रिय पुरस्कार मीरा राणालाई प्रदान

डिसी नेपाल
१० असोज २०८३ १८:०९

काठमाडौं। सरु संगीत घर, टीकाथलीले यस वर्षको सरु संगीत राष्ट्रिय पुरस्कार २०८३ वरिष्ठ गायिका मीरा राणालाई प्रदान गरेको छ।

नेपाली आधुनिक गीतसंगीतका क्षेत्रमा विगत ६ दशकदेखि पु¥याउँदै आएको योगदानको कदरस्वरूप राणालाई पुरस्कार प्रदान गरिएको हो। शनिबार टीकाथलीमा आयोजित विशेष समारोहमा बरिष्ठ संगीतकार सीके रसाइलीले राणालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे।

संगीतकार कोमल निरौलाको संयोजकत्वमा वरिष्ठ गायक तथा संगीतकार सूर्य थुलुङ, वरिष्ठ गायिका लोचन भट्टराई, लेखक डा.रत्नमणि नेपाल र सदस्यसचिव डेनी निरौलासहितको छनोट समितिले राणाको नाम सर्वसम्मत रूपमा पुरस्कारका लागि चयन गरेको हो।

सरु संगीत राष्ट्रिय पुरस्कार प्राप्त गर्ने राणा दोस्रो स्रष्टा हुन्। यसअघि २०८२ सालमा पहिलोपटक प्रसिद्ध लोकगायिका कविता आलेलाई उक्त पुरस्कार प्रदान गरिएको थियो।

पुरस्कारको राशि २५ हजार ५०५ रुपैयाँ छ। नेपाली गीत–संगीतमा विशिष्ट योगदान पु¥याएका ४० वर्ष उमेर पुगेका स्वदेश तथा विदेशमा रहेका नेपाली महिला कलाकारमध्येबाट प्रत्येक वर्ष एक जनालाई पुरस्कार प्रदान गरिदै आएको छ। पुरस्कार स्थापनाका लागि पाँच लाख रुपैयाँको अक्षयकोषसमेत स्थापना गरिएको हो।

समारोहमा सरु संगीत घरका संस्थापक डेनी निरौलालले आफ्नी आमाको नाममा पुरस्कार कोष स्थापना गरी आमाको स्मरण र सम्मान गरिएको जानकारी दिए।

स्वर्गीय सरस्वती निरौलाको स्मृतिमा उनका पति संगीतकार कोमल निरौला, इन्दिरा निरौला, छोरा संगीतकार डेनी निरौला, सविता नेपाल निरौला, संगीतकार भीषण निरौला, सिर्जना अधिकारी, छोरी गायिका झुमा निरौला र सविन भट्टराईको संयुक्त प्रयासमा २०८२ सालमा पुरस्कार स्थापना गरिएको हो।

सरु संगीत घरको छैटौं वार्षिकोत्सवका अवसर आयोजित उक्त समारोहमा क्यान्सर पीडित लोक गायिका कोपिला गौतमलाई पनि विशेष सम्मान प्रदान गरियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *