डेढ दशकदेखि पत्रकारितामा सक्रिय सुमन सापकोटा सम्मानित

डिसी नेपाल
८ असोज २०८३ ७:११

काठमाडौं। विगत १५ वर्षदेखि सञ्चार क्षेत्रमा निरन्तर क्रियाशील पत्रकार सुमन सापकोटा काठमाडौँमा सम्मानित भएका छन्। लोक स्वर सम्राट राजु परियार तथा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले उनलाई संयुक्त रूपमा सम्मान प्रदान गरेका हुन्।

महक रेकर्डिङ स्टुडियोका सञ्चालक एमन खनालको अध्यक्षता र राजु परियारको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा गायक तथा प्रस्तुतकर्ता बिशु गुरुङ र गायिका मेलिना राईको स्वरमा सजिएको नयाँ लोकगीत ‘मुग्लिङ बजारमा’ समेत विमोचन गरिएको थियो।

सञ्चारकर्मी सापकोटा यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भइसकेका छन्। तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०७९ मा तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदबाट ‘गीत-संगीत कला पत्रकारिता सम्मान’, चौथो जिनियस म्युजिक अवार्ड-२०७९ मा ‘पत्रकारिता सम्मान’ र अमेरिकाको नर्दन क्यालिफोर्नियास्थित नीलकृष्ण जशोदा सिटौला फाउन्डेसनबाट ‘नीलकृष्ण जशोदा युवा पत्रकारिता शीर्ष सम्मान-२०८०’ प्राप्त गरिसकेका छन्।

एभिन्यूज टेलिभिजन, गोर्खा एफएम, रेडियो देशान्तर, देशान्तर डटकम, सूत्र न्युज र ओएस नेपालजस्ता स्थापित सञ्चारमाध्यमहरूमा अनुभव बटुलिसकेका सापकोटा पछिल्लो एक दशकदेखि मुख्य रूपमा व्यवस्थापिका संसद् रिपोर्टिङमा सक्रिय रहँदै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *