भारी वर्षा र चट्याङको जोखिम : वीरगन्ज महानगरद्वारा शुक्रबार सबै विद्यालय बन्द गर्ने निर्णय
वीरगन्ज। वीरगन्ज महानगरपालिकाले देशभर तथा यस क्षेत्रमा हुनसक्ने भारी वर्षा, हावाहुरी र चट्याङको जोखिमलाई मध्यनजर गर्दै महानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा एक दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालय (सिंहदरबार, काठमाडौँ) को मिति २०८३/०६/०७ को पत्रानुसार आएको निर्देशनलाई आधार मान्दै महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गरेको हो।
मौसमको प्रतिकूल प्रभावलाई ध्यान दिँदै आगामी भोलि अर्थात् शुक्रबार एक दिनका लागि सम्पूर्ण विद्यालयहरूको पठनपाठन स्थगित गराउन अनुरोध गरिएको छ।
साथै, सम्भावित विपद् वा आपत्कालीन अवस्था उत्पन्न भएमा प्रभावित क्षेत्रका विद्यालय भवनहरूलाई सुरक्षित आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राख्न समेत महानगरले सबै विद्यालयहरूलाई निर्देशन दिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment