देशभर मनसुन र न्यूनचापीय प्रणालीको प्रभाव: विभिन्न भूभागमा भारी वर्षा र हिमपातको सम्भावना
काठमाडौं। हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायु र भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको संयुक्त प्रभाव रहेको छ। यसका साथै मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ।
यस प्रणालीका कारण हाल देशभर अधिकांश बादल लागेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा, बागमती र कर्णाली प्रदेशका केही स्थानमा तथा कोशी र मधेश प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लाग्नेछ भने कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। यस्तै कोशी, मधेश र बागमती प्रदेशका तराई भूभागमा भने आंशिक बादल लाग्ने सम्भावना छ।
दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।
तराई भूभागको हकमा सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा, लुम्बिनी प्रदेशका केही स्थानमा, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुनसक्नेछ।
यसैगरी सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरी चल्ने पूर्वानुमान गरिएको छ।
आज राति सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।
यस्तै सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थान तथा मधेश र कोशी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुनसक्ने विभागले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment