मलेसियामा मृगौला रोगले थला परेका निशानलाई उपचारको लागि नेपाल पठाइयो

डिसी नेपाल
२१ असोज २०७६ ११:१२

मलेसिया। दुबै मृगौला ड्यामेज भएको तेह्रथुम सिम्ले १ का निशान कुरुवाङको मलेसियामा प्रारम्भिक उपचार पश्चात थप उपचारको लागि आज  नेपाल पठाएको छ । तेह्रथुम मलेसिया सम्पर्क मञ्चको पहलमा नेपाली राजदूतावास मलेसिया र नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको सहयोगमा निशानलाई नेपाल पठाएको हो।

निशान सात वर्ष पहिले आस्था मेनपावर कम्पनीबाट मलेसिया आएका थिए। नेपालमा भएको सम्झौता भन्दा फरक र गाह्रो काम गर्नु परे पछि तीन बर्ष पहिले कम्पनीबाट भागेर अवैधानिकरूपमा काम गर्दै आएका थिए। यसै क्रममा यही अक्टोबर १ तारिख बिरामी परे पछि मलेसियाको सेलायाङ अस्पतालमा उपचारको लागि भर्ना भएको थिए । अस्पतालको रिपोर्ट अनुसार निशानको दुबै मृगौला पूर्णरुपमा ड्यामेज भएको छ । प्रारम्भिक उपचारको लागि आफूसँग भएको २ हजार ५  सय रिंगेट सकिएपछि सहयोगको अपिल गरेका थिए।

तेह्रथुम मलेसिया सम्पर्क मञ्चको सहयोग अपिलमा नेपाली राजदूतावास मलेसियाले उपचारको अपुग रकम २ हजार ९ सय ३२ रिंगेट र नेपाल फिर्ता गर्नको लागि ट्राभल डकुमेन्ट १ सय ६० रिंगेट साथै नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले हवाई टिकेट उपलब्ध गरेको तेह्रथुम मलेसिया सम्पर्क मञ्चको अध्यक्ष प्रेम सुब्बाले जानकारी दिए । थप उपचारको लागि सबैले दया गरि आर्थिक सहयोग गरिदिन अध्यक्ष सुब्बाले अनुरोध गरे।

निशानको लागि आर्थिक सहयोग अभियान शुरु गरिसकेको र हाल सम्म ३ हजार ३ सय ६२ रिंगेट रकम सहयोग दाताहरूबाट संकलन भएको तेह्रथुम मलेसिया सम्पर्क मञ्चको सदस्य मनोज कुरुवाङले जानकारी दिए।

हामीसँगको भेटमा बिरामी निशान कुरुवाङले घरको आर्थिक स्थिति कम्जोर भएकोले थप उपचार गर्न असम्भव छ, नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले आर्थिक सहयोग गरि आफूलाई बचाई दिन अनुरोध गरे । मलेसियामा रहदा सहयोग गर्नु हुने  नेपाली राजदूतावास मलेसिया, नेपाल आदिवासी जनजाति महासंघ मलेसिया, तेह्रथुम मलेसिया सम्पर्क मञ्च र सबै सहयोगहीरुलाई धन्यबाद दिए।

निशान कुरुवाङलाई सहयोग गर्न चाहाने सबैले तेह्रथुम मलेसिया सम्पर्क मञ्चका पदाधिकारी संग सम्पर्क गरि सहयोग गर्न सकिने अध्यक्ष सुब्बाले बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *