पाल्पामा खोलाको भेलले घर बगाउँदा तीन जना बेपत्ता
पाल्पाको माथागढी गाउँपालिका–३ मा खोलामा आएको भीषण भेलले घरसहित डुबाउँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन्।
आज बिहान करिब ५ बजे खोलामा आएको अचानकको भेलले घर डुबानमा परेपछि करिब ७० वर्षीय लिलबहादुर घर्ती मगर, उनकी छोरी करिब १५/१६ वर्षीया झरना घर्ती मगर र करिब १५/१६ वर्षीया दिना घर्ती मगर बेपत्ता भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
घटनालगत्तै स्थानीय तथा सुरक्षाकर्मीको टोलीले बेपत्ताको खोजी तथा उद्धार कार्य सुरु गरेको छ। घटनाको थप विवरण आउन बाँकी छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment