कालीगण्डकीको बाढीले पोखरेबगरको पुल बगायो: मुस्ताङसँगको यातायात सम्पर्क विच्छेद

डिसी नेपाल
११ असोज २०८३ १०:४१

म्याग्दी। कालीगण्डकी नदीमा आएको भीषण बाढीले बेनी-जोमसोम-कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगर र वडा नं. २ भुरुङ्ग-तातोपानीको नौलीबगर जोड्ने पक्की पुल बगाएको छ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार पुल बगेसँगै अन्नपूर्ण गाउँपालिकाका वडा नं. २, ३ र ४ का साथै छिमेकी जिल्ला मुस्ताङसँगको सीधा यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ।

अविरल वर्षा र बाढी पहिरोका कारण गाउँपालिकाका विभिन्न क्षेत्रमा थप क्षति पुगेको छ। अन्नपूर्ण गाउँपालिका-५ गिवाङमा एक र वडा नं. ३ फगाममा एउटा घर पहिरोमा पुरिएका छन्। पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको खोजी कार्य जारी रहेको जनाइएको छ।

यसैगरी, बेनी-जोमसोम सडकखण्डअन्तर्गत खामभित्तामा कालीगण्डकीले तीव्र सडक कटान गरेको छ भने अन्नपूर्ण गाउँपालिका–४ घरापमा रहेको निलगिरि आधारभूत विद्यालयमा समेत क्षति पुर्‍याएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *