काठमाडौं जोड्ने प्रमुख राजमार्गहरू पुनः सञ्चालनमा, केही स्थानमा भने एकतर्फी यातायात

डिसी नेपाल
१३ असोज २०८३ ११:१९

काठमाडौं। काठमाडौं उपत्यकालाई देशका अन्य भू-भागसँग जोड्ने प्रमुख राजमार्ग तथा मुख्य सडकखण्डहरू नियमित रूपमा सञ्चालनमा आएका छन्।

मङ्गलबार बिहान ९ बजेसम्मको अद्यावधिक विवरणअनुसार बीपी राजमार्ग, पृथ्वी राजमार्ग, कान्ति राजमार्ग, त्रिभुवन राजपथ, अरनिको राजमार्गका साथै बल्खु-कुलेखानी-भीमफेदी-हेटौँडा सडकखण्डमा सवारीसाधन सञ्चालन भइरहेका छन्।

सडकको भौतिक अवस्था तथा मर्मतसम्भारका कारण केही सीमित स्थानहरूमा भने एकतर्फी रूपमा मात्रै यातायात सञ्चालन भइरहेको छ। यद्यपि, राजमार्गका अधिकांश भागमा दुवैतर्फबाट सुचारु रूपमा गाडीहरू आवतजावत गरिरहेका छन्।

यसैगरी, पृथ्वी राजमार्गअन्तर्गत धादिङको जोखिमपूर्ण मानिने कृष्णभीर सडकखण्डमा पनि हाल दुवैतर्फबाट निर्बाध रूपमा सवारीसाधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *