संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी भई परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
काठमाडौं। संयुक्त राष्ट्रसंघको ८१औं महासभाका साथै विभिन्न उच्चस्तरीय कार्यक्रम र द्विपक्षीय बैठकहरूमा नेपालका तर्फबाट सक्रिय सहभागिता जनाएर परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएका छन्।
महासभामा सहभागी हुन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेका मन्त्री खनाल आज असोज १४ गते बिहान काठमाडौं अवतरण गर्नुभएको हो।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालका तर्फबाट ‘सगरमाथादेखि समुद्रसम्मः जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ शीर्षकको जलवायु केन्द्रित उच्चस्तरीय विशेष कार्यक्रमको नेतृत्व गरेका थिए।
त्यसका साथै उनले विभिन्न मुलुकका आफ्ना समकक्षीहरूसँग द्विपक्षीय भेटवार्ता गरी आपसी हित, बहुपक्षीय सहकार्य र द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा गहन छलफल गरे। अन्तर्राष्ट्रिय मञ्चमा मुलुकको छवि र प्रतिष्ठा अभिवृद्धि गर्न यो भ्रमण फलदायी रहेको बताइएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment