डोनाल्ड ट्रम्पले आधिकारिक रूपमै आर्टिफिसियल इन्टेलिजेन्सको नाम फेरिदिए

डिसी नेपाल
१४ असोज २०८३ ११:५६

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आधिकारिक रूपमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को नाम बदलेर ‘सुपर इन्टेलिजेन्स’ (एसआई) गर्ने एउटा आदेशमा हस्ताक्षर गरेका छन्।

ह्वाइट हाउसमा टेक दिग्गजहरू जस्तै– एलन मस्क, सुन्दर पिचाई, मार्क जुकरबर्ग र जेन्सेन ह्वाङसँग भएको एक बैठकपछि यो एक्जिक्युटिभ अर्डर (कार्यकारी आदेश) साइन गरिएको हो। अब अमेरिकी सरकारी कामकाज, वेबसाइटहरू र आधिकारिक कागजातहरूमा एआईको सट्टा एसआई शब्दको प्रयोग गरिनेछ।

ट्रम्पले भने, “आर्टिफिसियल शब्द सुन्दा प्रविधि नक्कली वा बनावटी हो कि जस्तो लाग्छ। यो प्रविधि वास्तविक र अत्यन्तै शानदार छ, त्यसैले सुपर इन्टेलिजेन्स शब्द बढी सटीक छ।”

एक्जिक्युटिभ अर्डरमा भनिएको छ, “‘सुपर इन्टेलिजेन्स’ शब्दले यी प्रविधिहरूको सम्भावना, क्षमता र तीव्र गतिमा भइरहेको विकासलाई ‘आर्टिफिसियल इन्टेलिजेन्स’ को तुलनामा बढी उपयुक्त तरिकाले दर्शाउँछ।”

यसअघि ट्रम्पले ट्रुथ सोसलमा एउटा पोल गरेका थिए, जसमा उनले एआईको नाम बदलेर के राख्नुपर्छ भनी मानिसहरूलाई सोधेका थिए। ट्रम्पले केही विकल्पहरू पनि अघि सारेका थिए। त्यसपछि उनले नाम बदलेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *