‘नाई न भन्नु ल ५’ हेरेर भावुक बने यी नायिकाहरु (भिडियोसहित)

डिसी नेपाल
९ भदौ २०७५ ०:०९

काठमाडौं । नेपाली चलचित्र ‘नाई नभन्नु ल ५’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ। चलचित्र प्रदर्शनको पहिलो दिनमा दर्शकले चलचित्रलाई औषत माया दिएका छन्।

नेपाली चलचित्रका कलाकारहरु ‘नाई नभन्नु ल ५’ ले आफूलाई भावुक बनाएको बताएका छन्। चलचित्रमा स्वस्तिमा खड्का, प्रियंका कार्की, केकी अधिकारी, बालकलाकारहरु अनुभव रेग्मी र सेड्रीना शर्मा लगायतका कलाकारहरुले अभिनय गरेका छन्।

उक्त चलचित्रमा पूराना कलाकार दीलिप रायमाझी र निरुता सिंहले समेत अभिनय गरेका छन्। निरुता सिंह लामो समयपछि नेपाली चलचित्रमा पुनः देखिएकी हुन्।

त्यसैले धेरै दर्शकले निरुता सिंहलाई देख्न पाउँदा खुशी लागेको बताएका छन्। बालकलाकार अनुभव रेग्मी यो चलचित्रको सुरुवाती सिरिजदेखि नै छन् भने सेड्रीनाको यो पहिलो चलचित्र हो।

बालकलाकारले पहिलो चलचित्रमा नै राम्रो काम गरेको भन्दै धेरैले सेड्रीनाको प्रशंसा गरिरहेका छन्। चलचित्रलाई निर्देशक विकास आचार्यले निर्देशन गरेका हुन । नाई नभन्नु ल चलचित्रको ४ सम्मको सिरिज पनि दर्शकले अत्यधिक मन पराएका थिए।

https://youtu.be/GdDl3Eikho8

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *