आज दिउँसो मेघगर्जन र चट्याङ सहित वर्षा हुने

डिसी नेपाल
२२ असोज २०७६ १२:१७

काठमाडौं। पश्चिम बंगालको आसपास रहेको न्यून चापिय क्षेत्रका कारण पूर्वी र मध्य भू–भागमा साथै पश्चिमि वायुका प्रभावका कारणले नेपालको पश्चिमि भू–भागमा आंशिकदेखि सामान्य बदलि भई हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशको पूर्वी भुभाग लगायत मध्य तथा पश्चिमी पहाडी भुभागमा आंशिक देखि सामान्य बदलि र मध्य तथा पश्चिमी तराईका भुभागमा सामान्यतया सफा रहेको छ।

यस्तो छ आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानः–

असोज २२ गते (बुधवार)

दिउँसोः देशभरि आंसिक देखि सामान्य बदलि रहि देशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर आंसिक देखि सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भुभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ्र

असोज २३ गते (बिहिबार)

दिउँसोः देशभरि आंसिक देखि सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भुभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

रातीः देशको मध्य तथा पुर्वी भुभागमा आंसिक देखि सामान्य बदलि साथै पश्चिमी भुभागमा आंसिक बदली रहनेछ। पुर्वका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

असोज २४ गते (शुक्रबार)

दिउँसोः देशको पहाडी भुभागमा आंसिक देखि सामान्य बदलि रहि थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। तराईका भुभागमा आंसिक बदली रहनेछ।

रातीः देशको पहाडी भुभागमा आंसिक बदलि र तराईका भुभागमा सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशभर आंशिक देखि सामान्य बदलि रहि थोरै स्थानहरुमा मेघगर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुने संभावना भएकोले सामान्य सतर्कता अपनाउनुहोला।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *