सुदूरपश्चिमसहित पश्चिमी भूभागबाट बाहिरियो यस वर्षको मनसुन

डिसी नेपाल
१७ असोज २०८३ १६:०३

काठमाडौं । यस वर्षको मनसुनी वायु नेपालका पश्चिमी भूभागहरूबाट बाहिरिन थालेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार (आज) देखि नेपालको सुदूरपश्चिमसहित विभिन्न प्रदेशका क्षेत्रहरूबाट मनसुन पूर्ण रूपमा बाहिरिएको हो।

महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश भाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरैजसो स्थान तथा गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानहरूबाट मनसुनी प्रणाली बाहिरिइसकेको छ।

पूर्वी र मध्य भूभागमा मनसुनी वायु कमजोर बन्दै गइरहेकाले नेपालका बाँकी क्षेत्रहरूबाट पनि आगामी केही दिनभित्रै मनसुन पूर्ण रूपमा बाहिरिने सम्भावना रहेको विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले मनसुनको बहिर्गमन प्रक्रिया तथा आगामी दिनमा देखा पर्न सक्ने पश्चिमी वायुको सम्भावित प्रभाव र मौसमी फेरबदलका सम्बन्धमा नियमित रूपमा अनुगमन गरिरहेको जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *