सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको पहल गर्ने सभामुखको प्रतिबद्धता

डिसी नेपाल
१७ असोज २०८३ १६:५४

ललितपुर । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले ललितपुरसहित देशभरका नेवार समुदायको भाषा, कला, संस्कृति र सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

ज्यापू समाज यलद्वारा आयोजित ३३औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै सभामुख अर्यालले ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र सम्वर्द्धन गर्नु अहिलेको पुस्ताको प्रमुख जिम्मेवारी भएको बताए।

ललितपुरका मठमन्दिर, सांस्कृतिक सम्पदा, परम्परा र मौलिक संस्कृतिको जोगाउन नेवार समुदायले पुर्‍याएको योगदानको प्रशंसा गर्दै उनले स्थानीय समुदायसँगको प्रत्यक्ष संवाद र सुझावका आधारमा प्राप्त विषयलाई कानुनी रूप दिन आफूले अभिभावकीय भूमिका खेल्ने आश्वासन दिए।

नेपालको सामाजिक, राजनीतिक आन्दोलनका साथै यहाँको अद्वितीय संस्कृति र सम्पदा जोगाउन नेवार समुदायको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै सभामुख अर्यालले हाम्रा मौलिक परम्परा र सम्पदाहरूलाई आगामी पुस्ताका लागि सुरक्षित रूपमा हस्तान्तरण गर्नुपर्नेमा जोड दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *