बागलुङको गलकोटमा बाढी, पहिरो र हुरीको ताण्डव: वडा कार्यालयसहित ६३ घरमा क्षति, १३३ घर प्रभावित

डिसी नेपाल
१८ असोज २०८३ ७:२१

बागलुङ।  असोज ९, १० र ११ गते आएको अविरल बाढी, पहिरो र हुरीबतासका कारण बागलुङको गलकोट नगरपालिका क्षेत्रमा ठुलो भौतिक क्षति पुगेको छ।

गलकोट नगरपालिकाका अनुसार बाढी, पहिरो र हुरीका कारण एउटा वडा कार्यालय भवनसहित ६३ वटा घरमा क्षति पुगेको छ भने अन्य १३३ वटा घरमा आंशिक नोक्सानी भएको छ। जसमध्ये हुरीबतासले मात्रै ३९ वटा घरमा पूर्ण र ५२ वटा घरमा आंशिक क्षति पुर्‍याएको नगरप्रमुखको कार्यालयले जनाएको छ।

प्राकृतिक विपत्तिका कारण स्थानीय पूर्वाधार र कृषि क्षेत्रमा पनि ठुलो असर परेको छ। नगर क्षेत्रभित्र रहेका पक्की सिँचाइका २१ वटा संरचनामा गम्भीर क्षति पुगेको छ भने २४ वटा पक्की सिँचाइ संरचनामा सामान्य क्षति भएको छ। यसैगरी, किसानहरूले प्रयोग गर्दै आएका २०३ वटा कच्ची सिँचाइका संरचनाहरू पूर्ण रूपमा ध्वस्त तथा क्षतिग्रस्त भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *