एमाले संसदीय दलको बैठक बस्दै, संसद्को समीक्षा र ओलीको निर्देशन मुख्य एजेन्डा

डिसी नेपाल
१८ असोज २०८३ ११:०४

काठमाडौं। नेकपा (एमाले) ले संसदीय दलको बैठक बोलाएको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो।

एमालेले सामान्यतया संसद् अधिवेशन सुरु हुनुअघि र सम्पन्न भइसकेपछि दलको बैठक बसेर अधिवेशन अवधिभर भएका कामकारबाही तथा भूमिकाबारे समीक्षा गर्ने परम्परा पालना गर्दै आएको छ।

संसदीय दलकी उपनेता पद्मा अर्यालका अनुसार आजको बैठकमा गत संसद् अधिवेशनमा पार्टीका तर्फबाट खेलिएको भूमिकाको समग्र समीक्षा गरिनेछ। साथै आगामी दिनमा सांसद र पार्टीका नेताहरूले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष निर्देशन दिने कार्यक्रमसमेत रहेको उनले जानकारी दिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *