बेपत्ता पर्यटकको खोजीका लागि दक्ष जनशक्ति परिचालन

डिसी नेपाल
२२ असोज २०७६ १८:४५

रसुवा । उत्तरी रसुवाअन्तर्गत तामाङ सम्पदा पदमार्गको भ्रमण गर्ने क्रममा यही असोज ५ गतेदेखि बेपत्ता पर्यटकको खोजीका लागि दक्ष जनशक्ति परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख भाग्येन्द्रपुरूष ढकालका अनुसार भ्रमणका क्रममा हराइरहेका दक्षिण कोरियाली ४२ वर्षीय सिसुङ राहदानी नम्वर एम ओ ८११८३५५ को खोजी भइरहेको हो। दुई दिनदेखि नेपाल प्रहरीका साथै भिरपाखोमा सहजरूपले हिँड्न सक्ने १० थप दक्ष जनशक्ति र स्थानीय बासिन्दासमेत परिचालन गरिएको छ।

उनको खोजी अहिले गोसाइँकुण्ड गाउँपालिका वडा नं १ थुमन गाउँको उत्तर रसुवागढीबाट १० किमी दक्षिण पश्चिम रिछर जङ्गल इलाकामा भइरहेको प्रहरी प्रमुख ढकालले जानकारी दिए।

पर्यटकीय पदमार्गको वृद्धिम, टिमुरे तथा लाङ्टाङ समेतका क्षेत्रमा दर्जनौँ सुरक्षाकर्मी यही असोज ९ गतेदेखि परिचालन गरी पछिल्लो चरणमा भने थुमन इलाका क्षेत्रमा खोजीमा केन्द्रित गरिएको प्रहरीले बताएको छ।

पर्यटक प्रहरीचौकी स्याफ्रुबेंसीको अभिलेखअनुसार उनी गत महीनाको भदौ २७ गते रसुवाको स्याफ्रुबेंसीमा बास बसी असोज २८ गतेदेखि तामाङ सम्पदा पदमार्गको भ्रमणमा गएका थिए।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *