नेपाली बजारमा सोमबार सुनको मूल्य घट्यो, चाँदी भने महँगियो
काठमाडौं। नेपाली बजारमा साताको दोस्रो दिन सोमबार (असोज १९) सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य भने बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (आइतबार) को तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो।
मूल्यमा गिरावट आएसँगै सोमबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुनको मूल्य एकैदिन तोलामा २ हजार ८०० रुपैयाँले घट्दै प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँ कायम भएको थियो।
सुनको मूल्य घट्दा चाँदीको मूल्यमा भने सुधार देखिएको छ।
सोमबार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ४३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यसअघि आइतबार चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले घटेर ४ हजार ३९० रुपैयाँमा सीमित भएको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment