मोटरसाइकल दुर्घटनामा कञ्चनपुरमा युवकको मृत्यु

डिसी नेपाल
१९ असोज २०८३ १६:०३

कञ्चनपुर। कञ्चनपुरको बेदकोट नगरपालिका–७ लालपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

बुधबार मध्याह्न १२ बजे महेन्द्र राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से ६ प २२० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको थियो।

दुर्घटनामा बेदकोट नगरपालिका–५ का करिब २४ वर्षीय विक्रम बम गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो।

उपचारका क्रममा दिउँसो चिकित्सकले बमलाई मृत घोषणा गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *