कांग्रेस महाधिवेशन : मतदाता संख्या ७ हजार ११४
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनका लागि मतदाताको नामावली सार्वजनिक गरेको छ ।
निर्वाचन समितिले केन्द्रीय कार्यसमिति निर्वाचनमा मतदान गर्ने ७ हजार ११४ जना मतदाताको नामावली सार्वजनिक गरेको हो ।
नेपाली कांग्रेसको विधान तथा निर्वाचन निर्देशिका, २०८३ बमोजिम यही असोज १६ देखि २२ गतेसम्म हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गरिएको निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय नेतृत्व चयन हुँदैछ । निर्वाचन समितिले निर्धारित कार्यतालिकाअनुसार निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढाइरहेको छ ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment