कांग्रेसमा विचार, संगठन र व्यवहारमै व्यापक रुपान्तरण आवश्यक : मधुकुमार आचार्य (भिडियोसहित)

डिसी नेपाल
२१ असोज २०८३ १५:०८

काठमाडौं — नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधुकुमार आचार्यले पार्टीमा विचार, संगठन र व्यवहारिक तहमा व्यापक रुपान्तरण आवश्यक रहेको बताएका छन्।

काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमस्थल बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै आचार्यले कांग्रेसमा देखिएको नयाँ जागरणलाई थप वैचारिक र संगठनात्मक रूपमा सुदृढ बनाउनुपर्ने बताए।

कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशकसमेत रहेका आचार्यले देशको वर्तमान राजनीतिक अवस्थाप्रति जनताको असन्तुष्टि बढ्दै गएको र सुशासनप्रतिको अपेक्षा उच्च रहेको बताए। सरकारका पछिल्ला गतिविधिले जनतामा पूर्ण आशा जगाउन नसकेको भन्दै उनले कांग्रेसलाई पुनः जनताको भरोसायोग्य विकल्पका रूपमा स्थापित गर्नुपर्ने बताए।

उनले जनताको गुमेको विश्वास फिर्ता ल्याउन नीतिगत परिवर्तन मात्र पर्याप्त नहुने धारणा राखे। नेता तथा कार्यकर्ताको चाल, चेहरा, चिन्तन र चरित्रमै नयाँपन आउनुपर्ने उनको भनाइ थियो।

आचार्यले आफ्नो उम्मेदवारी कुनै निश्चित पद प्राप्तिका लागि मात्र नभई पार्टी रुपान्तरणको एजेन्डालाई अघि बढाउने जिम्मेवारी र संकल्पका रूपमा रहेको बताए। उनले महाधिवेशन प्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्तासँग सहयोग र मतका लागि अपिलसमेत गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *