सल्यानमा चट्याङ लागेर दुई बाख्रा र एक भेडा मरे, ८० हजारको क्षति

डिसी नेपाल
२१ असोज २०८३ २१:३५
4
Shares

सल्यान । सल्यानको कुमाख गाउँपालिका–२ बारुलेमा चट्याङ लागेर दुईवटा बाख्रा र एउटा भेडा मरेका छन्।

बुधबार बिहान करिब साढे ९ बजे स्थानीय टेकबहादुर बुढाको घरमा परेको चट्याङका कारण चौपायाका साथै सोलार प्यानल र मोबाइलमा क्षति पुग्दा करिब ८० हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ।

हल्का वर्षा भइरहेका बेला घरको बार्दलीमुनि बाँधिराखिएका करिब ४० र ३५ किलोका दुई बाख्रा तथा ३० किलोको एउटा भेडा चट्याङ लागेर घटनास्थलमै मरेका हुन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार चट्याङका कारण ५० वाटको सोलार प्यानल, कन्ट्रोल बक्स र एउटा मोबाइल सेटमा समेत क्षति पुगेको छ।

चट्याङबाट चौपाया र अन्य सामानमा क्षति पुगे पनि कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *