लागुऔषधसहित नौ जना पक्राउ
काठमाडौं। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित नौ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी दुई, कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बाट दुई, मोरङको विराटनगर महानगरपालिका–१८ रेल्वेबाट दुई र विराटनगर महानगरपालिका–११ बाट तीन जना पक्राउ परेका छन्।
प्रहरीले उनीहरूको साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने नाइट्राभेट बरामद गरेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment