घूस लिएको अभियोगमा मुद्दा दायर

डिसी नेपाल
२१ असोज २०८३ २२:५०
8
Shares

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार साहविरुद्ध घूस लिएको अभियोगमा आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

नक्सा संशोधन गरिदिने कार्यमा सेवाग्राहीलाई दुःख दिई घूस मागेको सूचनाका आधारमा आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले केही दिन पहिले साहलाई रु एक लाख घूससहित पक्राउ गरेको थियो। आयोगले बिगोबमोजिम कैद तथा जरिवानाको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *