चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

डिसी नेपाल
२२ असोज २०८३ ६:४४
136
Shares

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) मा भएको आर्थिक अनियमितता र खेल मिलेमतोसम्बन्धी अनुसन्धान टुङ्ग्याउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ।

अनुसन्धानबाट ६६ लाख ५३ हजार बराबरको अनियमितता भएको निष्कर्षसहित सिआइबीले बुधबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो।

प्रतिवेदनमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई प्रतिवादी बनाउन सिफारिस गरिएको सिआइबीका प्रवक्ता अनुपमशमशेर जबराले जानकारी दिर्।

“अनुसन्धानका क्रममा प्राप्त प्रमाण र कागजातको अध्ययनबाट रु ६६ लाख ५३ हजार अनियमितता भएको देखिएको छ । त्यसका आधारमा उनीहरुलाई प्रतिवादी कायम गरी मुद्दा चलाउन सिफारिस गरिएको हो,” प्रवक्ता जबराले भने।

एन्फाको आर्थिक कारोबार, निर्णय प्रक्रिया र विभिन्न प्रतियोगितासँग जोडिएका गतिविधिमाथि केन्द्रित रहेर सिआइबीले अनुसन्धान गरेको थियो। “अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाइसकेका छौं। अब प्रतिवेदनमा उल्लेख भएका तथ्य, प्रमाण र कानुनी व्यवस्थाका आधारमा आवश्यक निर्णय हुनेछ,” प्रवक्ता जबराले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *