स्थानीय बजारमा सुनको मूल्य ५०० रुपैयाँले बढ्यो

डिसी नेपाल
२२ असोज २०८३ ११:१७
184
Shares

काठमाडौं।  स्थानीय बजारमा बिहीबार सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० ले बढेको छ भने चाँदीको मूल्य प्रतितोला रु ३५ ले घटेको छ।

महासंघले निर्धारण गरेको नयाँ दररेट अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला  दुई लाख ९२ हजार ८०० कायम भएको छ। अघिल्लो दिन अर्थात् बुधबार छापावाल सुन प्रतितोला  दुई लाख ९२ हजार ३०० मा कारोबार भएको थियो।

त्यस्तै, सेतो धातु चाँदीको मूल्यमा भने केही गिरावट आएको छ। महासंघका अनुसार चाँदी प्रतितोला रु चार हजार ३९० कायम भएको छ, जबकि बुधबार यसको मूल्य प्रतितोला  चार हजार ४२५ रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *