एकदिवसीय वरियतामा नेपाल १६औं स्थानमा

डिसी नेपाल
२२ असोज २०८३ १४:१८
120
Shares

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज सार्वजनिक गरेको आइसिसी एकदिवसीय विश्व वरियतामा नेपाल १६ स्थानमा उक्लिएको छ। पुरुष एकदिवसीय वरियतामा नेपालले एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लिएको हो ।

नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ। नेपालभन्दा अघि अमेरिका १५औं स्थानमा छ। त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औं स्थानमा छ।

एकदिवसीय विश्व वरियतामा भारत शीर्ष स्थानमा रहँदा न्यूजील्याण्ड दोस्रो स्थानमा छ । त्यसैगरी दक्षिण अफ्रिका तेस्रो स्थानमा रहेको छ भने अष्ट्रेलिया चौथो तथा पाकिस्तान पाँचौँ स्थानमा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *