गगन थापा मतदान गर्न राष्ट्रिय सभा गृहमा, कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोटिङ जारी
काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापा मतदान गर्न राष्ट्रिय सभा गृह पुगेका छन्। उनी बागमती प्रदेशका महाधिवेशन प्रतिनिधिहरूसँगै मतदानका लागि राष्ट्रिय सभा गृह पुगेका हुन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान भइरहेको छ। सभापति, पदाधिकारी तथा केन्द्रीय कार्यसमितिका सदस्य चयन गर्न महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेका छन्।
शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका रहे पनि निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी मतदान प्रक्रिया सुरु भएको हो। यसअघि बिहीबार नै मतदान गर्ने तयारी गरिएको थियो। तर, आवश्यक तयारी पूरा नभएपछि मतदान शुक्रबारका लागि सारिएको थियो।
निर्वाचन समितिका अनुसार काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृह र खुलामञ्चमा मतदानका लागि बुथ स्थापना गरिएको छ। राष्ट्रिय सभा गृहमा बागमती प्रदेशका महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेका छन्।
महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन हुने भएकाले कांग्रेसका नेता तथा कार्यकर्ताको ध्यान मतदान प्रक्रियामा केन्द्रित भएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment