भोटेकोशी बाढीपीडितको सहयोगार्थ कुमारी बैंकका कर्मचारीद्वारा ४५ लाख ९७ हजारभन्दा बढी सहयोग

डिसी नेपाल
२३ असोज २०८३ ११:२१
8
Shares

रसुवा। रसुवाको त्रिशूली-भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै कुमारी बैंक लिमिटेडका कर्मचारीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४५ लाख ९७ हजार ३५३ र ५० पैसा (४५,९७,३५३।५०) योगदान गरेका छन्। बैंकका कर्मचारीहरूले आफ्नो तलबबाट स्वेच्छिक रूपमा कट्टा गरी उक्त रकम संकलन गरेका हुन्।

प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेका प्रभावितहरूको राहत, उद्धार तथा पुनःस्थापनाका कार्यक्रमहरूमा यस रकमले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

कुमारी बैंकले सदैव संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विपद्का समयमा प्रभावित समुदायको साथमा उभिने परम्परा कायम राख्दै आएको छ। कर्मचारीहरूको यो योगदानले मानवीय संवेदना, सामाजिक एकता तथा राष्ट्रप्रतिको दायित्वलाई थप मजबुत बनाएको बैंकको भनाइ छ।

यसअघि पनि कुमारी बैंकले त्रिशूली-भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार, पुनःस्थापना तथा पुनःनिर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३ करोड योगदान गरिसकेको छ।

साथै, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन बैंकले गृह मन्त्रालयलाई रु. ३९ लाख बराबरको अत्याधुनिक ड्रोन, पावर बैंक तथा जेनेरेटरलगायतका अत्यावश्यक विपद् व्यवस्थापन सामग्रीसमेत उपलब्ध गराएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *