मन्त्री चौधरीद्वारा थारु आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक गरेकी छन्।
आज काठमाडौंको अनामनगरस्थित थारू आयोगको कार्यालयमा आयोजित कार्यक्रममा थारू अगुवा तथा विज्ञहरूको सहभागितामा मन्त्री चौधरीले प्रतिवेदन सार्वजनिक गरेकी हुन्।
थारू जातिको लोक चित्रकाल, थारू समुदायको खाद्य परिकार, थारू मानक भाषा लेखनशैली निर्देशिका, थारू समुदायः सिकल सेल एनिमिया र बिटा थालसेमिया, मुक्त कमैया तथा कम्लहरीहरुको अवस्था, थारू समुदायको बलिदानीको इतिहास लगायत प्रतिवेदन सार्वजनिक भएका छन्।
कार्यक्रममा मन्त्री चौधरीले प्रतिवेदनमा समेटिएका विषयहरूको प्रभावकारी कार्यान्वयनका लागि थारू अगुवाहरूले पनि पहल गर्नुपर्नेमा जोड दिइन्। उनले प्रतिवेदन कार्यान्वयनमार्फत थारू समुदायका समस्या सम्बोधन गर्न सम्बन्धित पक्षको सक्रियता आवश्यक रहेको बताइन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment