महोत्तरीको मटिहानीमा बडादशैं र दुर्गा पूजाको भव्य तयारी, आकर्षक पण्डाल निर्माण गरिँदै
महोत्तरी। बडादशैं तथा दुर्गा पूजाको अवसरमा महोत्तरीको ऐतिहासिक मटिहानी बजारस्थित दुर्गा मन्दिरमा तयारी तीव्र पारिएको छ। दशैं अवधिभर भव्य रूपमा मनाइने दुर्गा पूजालाई लक्षित गरी मन्दिर परिसर तथा बजार क्षेत्रमा आकर्षक पण्डाल र सजावट निर्माणको काम भइरहेको छ।
मटिहानीमा दसैँका नौ दिनसम्म दुर्गा भवानीको विशेष पूजा, पाठ र आराधना भव्यताका साथ गर्ने परम्परा रहँदै आएको छ। पूजालाई मर्यादित, व्यवस्थित र भव्य बनाउनका लागि स्थानीय मटिहानी नगरपालिकाले पनि विशेष सहयोग र समन्वय गर्दै आएको छ।
दशैं सुरु भएसँगै पूजा अर्चना र भव्य सजावट अवलोकनका लागि मटिहानीमा स्थानीयका साथै छिमेकी गाउँ तथा भारतीय सीमावर्ती क्षेत्रका श्रद्धालुहरूको समेत ठूलो घुइँचो लाग्ने गर्दछ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment