भारतमा चर्कियो आन्दोलन, प्रसिद्ध सिख गुरुद्वाराबाहिरबाट तीन सय प्रदर्शनकारी नियन्त्रणमा

डिसी नेपाल
२४ असोज २०८३ १६:११
8
Shares

नयाँ दिल्ली। दिल्लीको सबैभन्दा प्रमुख सिख धार्मिक स्थलहरूमध्ये एकबङ्ग्ला साहिब गुरुद्वारामा शरण लिइरहेका केही प्रदर्शनकारीहरू जन्तर मन्तरतर्फ अघि बढ्न खोज्दा सुरक्षाकर्मीहरूले उनीहरूमाथि लाठीचार्ज गर्दै जबर्जस्ती बसमा हालेर नियन्त्रणमा लिएका छन्।

प्रदर्शनकारीहरूले बीबीसीलाई बताए अनुसार शुक्रबारदेखि करिब ६०० जना मानिसहरू गुरुद्वाराभित्र शरण लिएर बसिरहेका थिए, जसमध्ये करिब ३०० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तथापि, दिनभरमा कति जनालाई नियन्त्रणमा लिइयो भन्ने विषयमा दिल्ली प्रहरीले सार्वजनिक रूपमा कुनै टिप्पणी गरेको छैन।

दक्षिण भारतीय सहर हैदराबादका सफ्टवेयर इन्जिनियर अजय जिङ्गाडेले भने, “हामी बिहानैदेखि जन्तर मन्तरतर्फ अघि बढ्ने प्रयास गरिरहेका छौँ, तर प्रहरीले हामीलाई अगाडि बढ्न दिइरहेको छैन। केही समयअघि हामीमाथि लाठीचार्जसमेत गरियो।”

यसैबीच, गुरुद्वारातर्फ जाने सडकहरूमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी कडा ब्यारिकेडिङ गरिएको छ।

प्रहरीको धरपकडका बाबजुद प्रदर्शनकारीहरूले आफूहरू विचलित नभएको र जन्तर मन्तर पुग्ने प्रयास जारी राख्ने बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *