बूढीगण्डकीमा बाढी : सोतीको मोटरेबल पुल बगायो, बजार क्षेत्र डुबानमा
गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको सोतीमा रहेको मोटरेबल पुल बगाएको छ। बाढीका कारण सोती बजार क्षेत्रसमेत डुबानमा परेको छ।
आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङका अनुसार बाढीले सोतीस्थित मोटरेबल पुल बगाएको हो। सोती बजार क्षेत्र डुबानमा परे पनि त्यहाँका घरहरू भने बगिनसकेको उनले बताएका छन्।
उनका अनुसार बूढीगण्डकीको माथिल्लो क्षेत्रमा पर्ने जगत र बगरतिर भने बाढीले घरसमेत बगाएको छ। नदीमा पानीको बहाव बढेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै बिहानैदेखि सुरक्षा सतर्कता अपनाइएको छ।
अध्यक्ष गुरुङले बाढीको जोखिमलाई मध्यनजर गर्दै क्षेत्रलाई उच्च सतर्कतामा राखिएको जानकारी दिएका छन्। बाढीले पुल बगाएपछि स्थानीयको आवतजावत र यातायातमा समेत समस्या पर्ने देखिएको छ।
बूढीगण्डकीमा आएको बाढीले पुर्याएको क्षति तथा प्रभावित क्षेत्रको अवस्थाबारे थप विवरण आउन बाँकी छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment