पहिरोपछि आएको भीषण बाढीले धार्चे र चुमनुब्री जोड्ने पुल बगायो, ४ जना सम्पर्कविहीन
गोरखा। गोरखाको चुमनुब्री गाउँपालिका-६ स्थिति उङगिलुङ खोलामा गएको पहिरोपछि आएको भीषण बाढीले बूढीगण्डकी नदी किनारका भौतिक संरचना तथा बस्तीमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण धार्चे गाउँपालिकालाई जोड्ने पर्यटकीय एवम् व्यापारिक दृष्टिकोणले महत्त्वपूर्ण माछीखोला पुल पूर्ण रूपमा बगेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले माछीखोला बजारका साथै आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। यसका साथै आरुघाटको सोती र मान्बु जोड्ने अर्को पुल पनि बाढीले बगाएको छ, जसका कारण त्यस क्षेत्रको पैदल तथा सवारी आवागमन ठप्प भएको छ।
उङगिलुङ खोला किनारमा रहेका चार वटा गोठ र त्यहाँ बाँधिएका १५ वटा याक तथा नाक बाढीमा बगेका छन्। बाढी आएका वेला पशुचौपायाको हेरचाहका लागि गोठमा बसेका चार जना व्यक्ति सम्पर्कविहीन भएका छन्।
हाल प्रभावित क्षेत्रमा उद्धार तथा बेपत्ताहरूको खोजी कार्यका लागि सुरक्षा निकाय र स्थानीयवासी लागिपरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment