एनपिएल सिजन-३: काठमाडौं गोर्खाज र क्लाउड एजुकेसन भिसाबीच साझेदारी

डिसी नेपाल
२६ असोज २०८३ १२:२४
20
Shares

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण (सिजन-३) का लागि काठमाडौं गोर्खाज र क्लाउड एजुकेसन भिसाबीच आधिकारिक रूपमा साझेदारी भएको छ।

‘टुगेदर फर द गेम: अ पार्टनरसिप फर क्रिकेट’ भन्ने नाराका साथ सार्वजनिक गरिएको यस सहकार्यले क्रिकेट खेलको विकासका लागि खेलकुद क्षेत्र र निजी क्षेत्रबीचको सहकार्यलाई आफ्नो संस्थाले उच्च प्राथमिकतामा राखेको कुरा क्लाउड एजुकेसन भिसाले जनाएको छ। यस साझेदारीमार्फत नेपाली क्रिकेटको प्रवर्द्धन गर्नुका साथै खेलसँग सम्बन्धित विविध गतिविधिहरूलाई थप प्रोत्साहन गर्ने मुख्य लक्ष्य लिइएको छ।

क्रिकेटप्रतिको जनआकर्षणलाई अझै बढाउन र समग्र खेलकुद क्षेत्रको विकासमा निजी क्षेत्रको सहभागिता तथा लगानी विस्तार गर्न यस्ता सहकार्यहरूले निकै सकारात्मक भूमिका खेल्ने दृढ अपेक्षा क्लाउड एजुकेसन भिसाले लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *