कांग्रेस बदल्ने हुटहुटी पदमा सीमित छैन, मेरो अभियान निरन्तर जारी रहन्छ : नैनसिंह महर

डिसी नेपाल
२६ असोज २०८३ १४:३५
20
Shares

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदका उम्मेदवार एवम् नेता नैनसिंह महरले पार्टीका नवनिर्वाचित सभापतिसहित सम्पूर्ण पदाधिकारीहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

आफ्नो चुनावी अभियानमा निरन्तर साथ, सहयोग, सद्भाव र विश्वास प्रदान गर्ने सम्पूर्ण नेता, महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दै महरले कांग्रेस परिवर्तनको संकल्प कुनै पद वा निर्वाचनको परिणाममा सीमित नरहेको स्पष्ट पारेका छन्। पार्टीको पुनर्निर्माण, राजनीतिक संस्कारको रूपान्तरण र समाजको सकारात्मक परिवर्तनका लागि आफ्नो यात्रा निरन्तर अघि बढ्ने उनले बताए।

“कांग्रेस बदल्ने हुटहुटी साकार होस् र परिवर्तनको संकल्पले सार्थकता पाओस्। पार्टीलाई नयाँ सोच, असल राजनीतिक संस्कार, जिम्मेवार व्यवहार र परिणाममुखी कार्यशैलीसहित अघि बढाउने सवालमा हामी सँगै रहनेछौँ,” महरले भनेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता महरले महाधिवेशनका क्रममा प्राप्त विश्वास, माया र सद्भावलाई आफ्नो राजनीतिक जीवनको महत्त्वपूर्ण ऊर्जा र जिम्मेवारीका रूपमा लिएको उल्लेख गरेका छन्। राजनीतिक प्रतिस्पर्धा लोकतान्त्रिक यात्राको एउटा चरण मात्र भएको र विचार, मूल्य, निष्ठा एवम् परिवर्तनप्रतिको प्रतिबद्धता नै राजनीतिक यात्राका स्थायी आधार भएको उनको भनाइ छ।

समाज परिवर्तनका लागि राजनीति बदल्नुपर्ने र त्यसका लागि नेतृत्वको चाल, चरित्र र चेहरामा सकारात्मक परिवर्तन आउनुपर्ने धारणा राख्दै उनले लेखेका छन्, “चालमा इमानदारी, चरित्रमा निष्ठा र चेहरामा विश्वास हुनुपर्छ। विचारमा नवीनता, व्यवहारमा शालीनता र कर्ममा परिणाम देखिनुपर्छ।”

नेपाली कांग्रेसलाई समयानुकूल, विचारप्रधान, जनताप्रति उत्तरदायी र परिणाममुखी पार्टी बनाउने अभियानमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दै उनले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास, संस्थागत सुदृढीकरण र आपसी सहकार्यका पक्षमा आफ्नो भूमिका अझ जिम्मेवार ढङ्गले अघि बढ्ने बताएका छन्।

प्रतिस्पर्धालाई व्यक्तिगत जित-हारभन्दा माथि उठाएर हेर्नुपर्नेमा जोड दिँदै उनले अन्त्यमा भनेका छन्, “सकारात्मक परिवर्तनको यात्रा कुनै पद, प्रतिस्पर्धा वा परिणाममा रोकिने छैन। कांग्रेसको पुनर्निर्माण र राजनीतिक संस्का


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *