कांग्रेस सहमहामन्त्री खुलामा रामहरि र अजयबाबुको अग्रता कायमै, महिलातर्फ प्रतिमा अगाडि

डिसी नेपाल
२६ असोज २०८३ १४:५४
72
Shares

काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुला पदको मतगणनामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीले आफ्नो अग्रता कायमै राखेका छन्। नौ जना उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको खुला सहमहामन्त्रीतर्फ दुई जना निर्वाचित हुनेछन्।

कुल दुई हजार ४९१ मत गणना भइसक्दा रामहरि खतिवडा एक हजार १२५ मतका साथ पहिलो स्थानमा रहेका छन् भने अजयबाबु शिवाकोटी ८०६ मत ल्याएर दोस्रो स्थानमा छन्।

तेस्रो स्थानमा रहेका डिल्लीराम सुवेदीले ६१० मत, चौथो स्थानका देवेन्द्रराज कडेलले ५२४ मत र पाँचौं स्थानका विकास कोइरालाले ४१५ मत प्राप्त गरेका छन्। यस्तै राजीव ढुंगानाले ३७४ मत, रमेशप्रसाद धमलाले २९३ मत, अमृतकुमार अर्यालले २७२ मत र विमलराज क्षेत्रीले ९९ मत पाएका छन्।

त्यस्तै, महिला सहमहामन्त्रीतर्फ दुई हजार ४९० मत गणना भइसक्दा प्रतिमा गौतमले एक हजार ६७८ मतका साथ फराकिलो अग्रता कायम गरेकी छन् भने प्रतिस्पर्धी नानू बास्तोलाले ४७९ मत प्राप्त गरेकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *